Mountain Television
Fri, 17 Aug 2018

नवलपरासीका उखु कृषक आन्दोलनमा

नवलपरासी, २९ फागुन । उखुको क्रसिङ सिजन सकिन लाग्दा पनि गत वर्षकै वक्यौता नपाएपछि नवलपरासीका उखु कृषक आन्दोलनमा उत्रिएका छन् ।

वक्यौता रकम तत्काल भुक्तानीको माग राख्दै उनीहरुले प्रतापपुरस्थित इन्दिरा सुगर मिल अगाडि धर्ना सुरु गरेका हुन् । ठूलो उद्योगको रुपमा रहेको इन्दिरा मिलले उखु क्रसिङ गरी चिनी विक्री गरेपनि आफूहरुलाई उखुको पैसा नदिएको कृषकहरुको गुनासो छ ।

दिनमा ३० लाखको दरले भुक्तानी दिने गरी सहमति भएपनि त्यसलाई मिलले कार्यान्वयन नगरेको कृषकको आरोप छ । तर, मिलले गोदाममा रहेको चिनी भने नगदमा विक्री गर्दै आएको छ ।

उखुको भुक्तानी नगरे अझै कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी पनि दिएका छन् । यता, संचालकले नै नचाहेकाले आफूहरुले कृषकसँग गरेका सहमति कार्यान्वयन गर्न नसकेको मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाले स्वीकार गरे ।

जिल्लामा रहेका तीनवटा उखु मिलमध्ये सुनवल चिनी कारखाना बन्द भएपछि हाल इन्दिरा सुुगर मिल र बागमती खडसारी उद्योग सञ्चालनमा छन् ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...