Mountain Television
Tue, 26 Jun 2018

हेर्दाहेर्दै खस्यो विमान : प्रत्यक्षदर्शी, मानस घिमिरे

काठमाडौं, २९ फागुन । हामी अफिसको सातौँ तलमा बैठकमा थियौँ त्यहाँबाट विमानस्थलको सम्पुर्ण दृश्य राम्ररी देखिन्थ्यो । करिव दुई बजेर १६ मिनेट गएको थियो । मैले बंगलादेशको युएस बंगाल जहाज पेप्सीकोला माथिबाट अत्यन्तै तलबाट उड्दै आएको देखेँ ।

हेर्दा त्यहाँको घरमै ठोकिन्जजस्छो थियो । त्या अनियन्त्रितजस्तो देखियो । विमानको त्यो अवस्था देख्ने वित्तिकै मलाई त्यसमा समस्या छ जस्तो लाग्यो । कार्यकक्षमा रहेका अन्य सहकर्मीले पनि विमानको त्यो अवस्था देखे । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलस्थित कन्ट्रोल टावरको माथिबाट हुँदै जहाज त्यहाँ रोकेर राखिएको थाई एयरको विमानलाई छुँलाछुँलाजस्तो गरी माथिबाट त्यो विमान उडेको जस्तो देखियो ।

मलाई त त्यहा उडानका लागि तयार अवस्थामा रहेको सोर्यको एयरलाईन्सको प्लेनमा गएर ठोकिन्झैँ लागेको थियो । विमान धानवमार्ग रन वै भन्दा फरक दिशामा थियो । धावनमार्ग एकातिर छ तर त्यो विमान अर्कोतिर गएको देख्नेवित्तिकै हामीलाई अब दुर्घटनामा पर्यो भन्ने भयो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!