Mountain Television
Tue, 26 Jun 2018

बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद

काठमाडौं, २९ फागुन । मेरो नाम सहरिन अहमद, म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ ।  नेपाल घुम्ने रहर सानैदेखि थियो ।
सोमबार १२ः ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ । हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो ।
काठमाडौं विमानस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ ।

दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो । दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् ।  अचानक सबै कुरा भयो ।  जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका थिए ।, आजको नागरिकमा यो खबर छ ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!