Mountain Television
Tue, 26 Jun 2018

सिरियाली सेनाद्वारा विद्रोही नियन्त्रित गुटा क्षेत्र घेराबन्दीमा

एजेन्सी, २७ फागुन । सिरियाली सेनाले विद्रोही नियन्त्रित गुटा क्षेत्र घेराबन्दीमा पारेको छ ।

सरकारी सेना पूर्वी गुटाको सबैभन्दा ठूलो नगर डुमालाई घेराबन्दीमा पार्न सफल भएको हो । राजधानी दमास्कस पछिको ठुलो सहरी क्षेत्रका रुपमा रहेको डुमा विद्रोहीको मुख्य अखडा हो । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सरकारी सेनाले थालेको अभियानमा सफलता मिल्दै गएको जनाएको छ । सरकारी सेनाले सैन्य अभियान थाले लगत्तै गुटा शहर दुई क्षेत्रमा बाँडिएको छ ।

सरकारी सेनाले अर्को एक नगर सँगको विद्रोहीको सम्पर्क समेत टुटाइदिएको छ । सरकारी सेनाको कार्बाहीका क्रममा पछिल्लो समय कम्तिमा नौ सयको मृत्यु भइसकेको छ ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!