Mountain Television
Tue, 26 Jun 2018

उपचारमा आएकी महिलाको मृत्यु, महाकाली अञ्चल अस्पतालमा तनाव

कञ्चनपुर, २० फागुन । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा उपचारमा आएकी एक महिलाको मृत्यु तनाव भएको छ । चिकित्सकको लापरबाहीले भीमदत्त नगरपालिका ११ भुजेलाकी ४२ बर्षिय कलावती सार्कीको मुत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

क्षतिपूर्तिको माग राख्दै आफन्तले प्रदर्शन गर्दा अस्पतालको सेवा ठप्प भएको छ । मृतक कलावतीको शब आफन्तले इमर्जेन्सीबाट उठाउन मानेका छैनन् । उपचारकै क्रममा कलावतीको शनिबार मृत्यु भएको थियो । अस्पतालले भने कलावतीको हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!