Mountain Television
Tue, 19 Jun 2018

हिल्टनले राखिन् इन्गेजमेन्टको औँठी सुरक्षा गर्न गार्ड

अमेरिकी रियालिटी टिभी स्टार पेरिस हिल्टनले हालै प्रेमी अभिनेता क्रिस जिल्कासँग इन्गेजमेन्ट गरिन् । जिल्काले उनलाई जोडी आकारको हिराको एउटा औँठी लगाइदिए । यो औँठीको मूल्य २० लाख डलर पर्ने समाचारहरू आए ।

अब हिल्टनले यो औँठीको सुरक्षाका लागि गार्ड राखेकी छिन् । वेबसाइट ‘टिएमजेड डट कम’का अनुसार उनले चौबिसै घण्टा औँठीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाएकी हुन् ।

हिल्टन र जिल्का सात वर्षअघि एक ओस्कर पार्टीमा भेट भएका थिए । फेब्रुअरी २०१७ मा उनीहरूले सम्बन्धबारे पुष्टि गरेका थिए । इन्गेजमेन्टको फोटो सार्वजनिक गर्दै हिल्टनले लेखेकी छिन्, ‘म निकै खुसी छु कि मैले आफ्नो प्यारसँग जीवन बिताउन इन्गेजमेन्ट गरेको छु । मेरा लागि जिल्का बफादार, दयालु र समर्पित छन् ।’

तर, समाचारअनुसार उनको यो तेस्रो इन्गेजमेन्ट हो । पहिलोपटक २००३ मा मोडल जेसन सा र दोस्रो पटक २००५ मा पेरिस लेटिससँग उनको इन्गेजमेन्ट भइसकेको थियो । नयाँ पत्रिकाबाट

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!