Mountain Television
Thu, 21 Jun 2018

सिरिया: पूर्वी गुटामा क्लोरिन ग्यास आक्रमण

सिरिया, ३० पुष ।  विद्रोहीले कब्जामा लिएको सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण भएको छ ।

विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ । सिरियामा गृहयुद्ध शुरु भएदेखि नै पटकपटक क्लोरिन ग्यास हमला गरिंदै आएका छन् ।

सरकारी अधिकारीहरुले भने युद्धका क्रममा रासायनिक हतियार प्रयोग नगरिएको दाबी गरेका छन् । यो महिनाको शुरुवातदेखि दमास्कसको बाहिरी क्षेत्रमा मिसाइल र हवाई आक्रमण तीब्र हुँदा ८५ जना मारिएका छन् भने सर्वसाधारण थप मारमा परेका छन् । मिसाइल आक्रमणका कारण दर्जनौं भवनहरुमा क्षति पुगेको छ ।

सिरियामा गृहयुद्ध शुरु भएयता क्लोरिन ग्यास हमला भएको थुप्रै खबरहरू आएका छन्। तर सरकारले भने आफूले त्यस्तो कुनै रासायनिक ग्यास प्रयोग गरेको भन्ने विषय अस्वीकार गरेको छ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!