Mountain Television
Thu, 21 Jun 2018

अमेरिकी राष्ट्रपति ट्रम्पले माफी माग्नुपर्ने युनियनको माग

एजेन्सी,२९ पुष । अमेरिकी राष्ट्रपति ट्रम्पले अफ्रिकी मुलुकलाई दरिद्रको संज्ञा दिएकामा अफ्रिकन युनियनको आपत्ति, ट्रम्पले माफी माग्नुपर्ने युनियनको माग ।

अफ्रिकन युनियनले अफ्रिकी देशलाई दरिद्र तथा निचको संज्ञा दिएको विरोधमा ट्रम्पले माफी माग्नु पर्ने माग गरेको हो । वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफू निराश र आक्रोशित रहेको बताएको छ । युनियनले अफ्रिकी मुलुकको स्वाभिमानमा धक्का लगाएकाले ट्रम्पले माफी माग्नुपर्ने बताएको छ ।

ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई दरिद्र तथा निचको संज्ञा दिनुभएको थियो । ट्रम्पको यो भनाइको सर्वत्र विरोध भइरहेको छ ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!