Mountain Television
Thu, 21 Jun 2018

खुट्टा दह्रो पार्न कांग्रेसलाई भट्टराईकाे चेतावनी

काठमाडौं, २८ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ जनादेशको आँधीले बढारेर लैजाने भन्दै नेपाली कांग्रेसलाई खुट्टा दह्रो पार्न चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शुक्रबार बोल्दै सचिव भट्टराईले जनादेशलाई अवमुल्यन गरि सरकार गठनमा अवरोध गर्ने राजनीतिक दललाई जनादेशको आँधीले बढार्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनादेश अनुसारको सरकार गठनमा सहयोग नगरेर अवरोध पुर्याएको भन्दै उनले नक्कली बाँधले आँधी छेक्ने सपना नदेख्न चेतावनी दिए । उनले निर्वाचन आयोगले नाटक मञ्चन गरिरहेको आरोप समेत लगाएका छन् ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!