Mountain Television
Thu, 21 Jun 2018

प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको डा. केसीको बयान

काठमाडाै, २५ पुस । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बयान दिएका छन् ।

अदालतको अवहेलना गरेको आरोपमा हिजो पक्राउ परेका केसीले सर्वोच्च अदालतमा आज बयान दिँदै प्रधान्यायाधीश पराजुली न्यायाधीश बन्न समेत अयोग्य भएको टिप्पणी गरेका छन् ।

बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको तथा उमेर सच्याएको दाबी गरेका छन् । उनले पराजुलीमाथि नै छानबिनको माग गरेका  छन् । केसीको बयान सकिएपछि संयुक्त इजलासमा बहस सुरु भएको छ ।

अदालतमा डा. गोविन्द केसीले दिएको बयानको पूर्णपाठ:


By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!