Mountain Television
Thu, 21 Jun 2018

संस्थापक निर्देशक डाक्टर बाबुराम पोखरेलको निधन

काठमाडौं, २३ पुष । शिक्षासेवी एवं भी एस निकेतन एजुकेशन फाउण्डेशनका संस्थापक निर्देशक डाक्टर बाबुराम पोखरेलको निधन भएको छ ।

६३ बर्षीय पोखरेलको आज विहान ललितपुरको सानेपास्थित निवासबाट काठमाडौंको नर्भिक अस्पताल लाने क्रममा बाटोमै निधन भएको हो । डेढ वर्षदेखि श्वासप्रश्वास र मुटु रोगबाट पीडित पोखरेललाई विहान अचानक श्वासप्रश्वास सम्बन्धी समस्या बढेपछि अस्पताल लगिएको थियो ।

तर अस्पताल नपु¥याउँदै पोखरेलको निधन भएको परिवारका सदस्यहरुले बताएका छन् । विक्रम सम्वत २०११ सालमा गोरखामा जन्मिएका पोखरेलले २०३८ सालमा काठमाडौंमा भी एस निकेतन स्कुल स्थापना गरेका थिए । स्कुललाई पछि फउण्डेशनको रुपमा विस्तार गरिएकामा फाउण्डेशन अन्र्तगत अहिले तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उनि निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका थिए ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!