Mountain Television
Thu, 19 Jul 2018

दिउँसो २ बजेसम्म ४६ प्रतिशत मत खस्यो

काठमाडौँ, २१ मंसिर। जारी दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दिउँसो २ बजेसम्म ४६ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।

अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको आयोगले जानकारी दिएको छ।

साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!