Mountain Television
Thu, 19 Jul 2018

सबै दलले १५ वर्ष भित्र समुन्नत नेपाल बनाउने संकल्प गर्नुपर्छ : नेता थापा

काठमाण्डौँ, २१ मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार एवम् पूर्वमन्त्री गगन थापाले मतदानबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री थापाले अव अलमल नगरी १५ वर्ष भित्र मुलुकलाई समुन्नत बनाउने संकल्पको रुपमा आफूले मतदानलाई लिएको पनि स्पष्ट पारे । काठमाडौंको मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेलगत्तै संचारकर्मीमाझ उनले १५ वर्ष भित्र समुन्नत नेपाल नयाँ पुस्तालाई हस्तातरण गर्ने संकल्प पूरा गर्न सबै राजनीतिक दलहरु लाग्नुपर्नेमा पनि जोड दिए ।

काँग्रेस नेता थापाले बाम गठबन्धनका उम्मेदवार एमाले नेता डा. राजन भट्टराईसँग प्रतिष्पर्धा गर्दै छन् ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!