Mountain Television
Sun, 22 Jul 2018

हृदयघातका कारण सहायक मतदान अधिकृतको मृत्यु

कैलाली, १९ मंसिर। दोस्रो चरणको निर्वाचनका लागि सहायक मतदान अधिकृतका रुपमा खटिएका २७ बर्षीय जग्गेप्रसाद उपाध्यायको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी फाँटमा कार्यरत उपध्यायको गौरिगङ्गा नगरपालिका–११ नमुना आधारभुत मावि मसुरियामा सोमबार साँझ हृदयघातका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोमबार नै उक्त स्थानमा खटाइएका उपध्याय साँझको लागि तरकारी किन्न निस्केका एक्कासी ढलेका थिए । सेती अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

By:

8 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...