Mountain Television
Sun, 22 Jul 2018

गगन थापालाई आक्रमण गर्ने काँतरमाथि कडा कारबाही होस्ः रवीन्द्र मिश्र

काठमाडौँ, १८ मंसिर । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चुनावी कार्यक्रममा बुढानिलकण्ठ पुगेका कांग्रेस उम्मेदवार गगन थापाको समूहमाथि भएको बम आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कारबाहीको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत कारबाही गर्न माग गरेका छन्।

काँतरहरूले संसारमा कहिल्यै पनि जित्न सक्दैनन्, मिश्रले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, गगन थापालाई आक्रमण गर्ने काँतरहरूमाथि कडा कारबाही होस् । चोट लागेका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।


त्यस्तै विवेकशील साझाकी नेत्री रञ्जु दर्शनाले समेत आक्रमणको निन्दा गर्दै गृहमन्त्रालय समेत सम्हालेका प्रधान मन्त्री शेरबहालदुर देउवाले सुरक्षा प्रबन्ध मिलाउन आनाकानि किन गरेको भन्दै प्रश्न गरेकी छिन्।

By:

8 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...