काठमाडौं विश्वकै वायु प्रदूषित शहरको १ नम्बर सूचीमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

काठमाडौं विश्वकै वायु प्रदूषित शहरको १ नम्बर सूचीमा

काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकासहितका शहरहरुमा केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको छ ।

सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ ।

काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको गरिएको छ जुन स्वास्थ्यका लागि हानिकारक हो । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३ सय भन्दा माथि रहेको छ ।

काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो ।

तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको महाशाखाले बताएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७ सय भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन् ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);