Mountain Television
Sun, 22 Jul 2018

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

दोलखा । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेलमाथि खुकुरी प्रहार भएको छ। कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ३३ वर्षीय ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। ढुँगेल माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाका सह संयोजक हुन्।

कामको सिलसिलामा बिगु गाउँपालिका अन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा पुगेका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

अहिले बुढाथोकी पक्राउ परिसकेका छन्। ढुङ्गेललाई पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

खुकुरी प्रहारबाट घाइते भएका ढुङ्गेलको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको नर्भिक अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

By:

11 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...