संघीय मामिलाले सुरु गर्‍यो अनलाईन प्रशिक्षण

काठमाडौं, २९ जेठ । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यले स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण सुरु गरेको छ ।

संकट समाधानका लागि स्थानीय सरकारको नेतृत्वकर्ताहरु नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज मार्फत प्रशिक्षण सुरु गरेको हो । नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिन सम्म प्रशिक्षण दिईने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिनुभयो ।

जुमबाट संञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

By:

बिहिबार, २९ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!