दाङमा ८ जनाले जिते कोरोना

बिकाश डाँगी

दाङ, १६ जेठ ।  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट आठ जनाले कोरोना जितेर आज घर फर्कन लागेका छन् ।

अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा दाङ गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् । आठ जनालाई अहिले १२ बजे डिस्चार्ज गरिएको छ ।

संक्रमितहरुको दुई पटकसम्म चेकजाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्न लागिएको हो । सात दिन र त्यसको ४८ घण्टापछि पनि चेकजाँच गर्दा नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भन्ने बुझिने वलीले बताउनु भयो ।

बेलझुण्डी कोरोना अस्पतालमा ४५ जनाले उपचार गरिरहेकोमा अहिले ३७ जनाले उपचार गरिरहेका छन् । डिस्चार्ज हुने सबै जेठ २ गते अस्पतालमा आएका थिए ।

By:

शुक्रबार, १६ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!