प्रहरीद्वारा १ लाख ८ हजारको मदिरा बरामद

बिमल जैरु

धनगढी, १६ जेठ । फल्टुडे प्रहरीद्वारा १ लाख ८ हजार बराबरको मदिरा सहित ट्रक नियन्त्रणमा लिएको छ ।

धनगढीबाट जोगबुढा जाँदै गरेको से १ ख १३७० नम्बरको ट्रक सहित १ लाख ८ हजार बराबरको मदिरा फल्टुडे प्रहरीले नियन्त्रणमा लिएको हो ।

गए राती ९ बजे तिर चेक जाँचको क्रममा सिमेन्ट सरिया बोकेको गाडिमा लुकाई छिपाइ राखेको अवस्थामा उक्त मदिरा फेला पारेको हो । मदिरा साहु तेज ब। बोहरा र चालक खगेन्द्र साउद सहित जरिवाना तथा थप कारबाहि गर्न जि प्र का कैलाली पठाइएको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउंनु भयो ।

By:

शुक्रबार, १६ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!