मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं, १६ जेठ । काठमाडौंको बालाजुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

बिहीबार राती भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेको छ । राति गोंगबुबाट बालाजु जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आउदै गरेको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका एकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अर्को एकजनाको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

By:

शुक्रबार, १६ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!