कृषि पेशा प्रवर्धनका लागि भूमि बैँक स्थापना हुने

काठमाडौं, १५ जेठ । कृषि पेशा प्रवर्धनका लागि भूमि बैँक स्थापना हुने भएको छ । आर्थिक बर्ष २०७७/०७८को बजेटमा सरकारले भूमि बैँकको व्यवस्था गर्ने भएको हो । कृषि गर्न चाहनेलाई भूमिमा पहुँच पु¥याउन भूमि बैँक सञ्चालन गर्न लागिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनु भएको छ । भूमि बैँकका लागि बजेटमा ५० करोड रुपैँया शेयर लगानीका रुपमा विनियोजन गरिएको छ । भूमि बैँकमा जग्गा धनीले सरकारलाई जग्गा लिजमा दिने र भूमिहिनले भूमि बैँक मार्फत् जग्गा लिजमा लिन पाउने छन् । भूमि बैँकले जग्गा धनीबाट लिजमा लिएको जग्गा, सरकारी स्वामित्वमा नभएका, नदी कटानका जग्गा लिजमा दिने छ ।

By:

बिहिबार, १५ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!