वायुसेवा कम्पनीलाई इन्धन र पार्किङमा छुट

काठमाडौं, १५ जेठ । कोरोना महामारीका कारण उडान गर्न नसकेका हवाई कम्पनीहरुलाई सरकारले छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कम्पनीहरुलाई सहुलियत दिन बजेटमार्फत सरकारले ग्राउन्डेड भएका नेपाली वायुसेवा कम्पनीहरुलाई छुट दिने घोषणा गर्नु भएको हो । उहाँले उक्त वायुसेवा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने सेवा शुल्क, इन्धन, पार्किङ लगायतमा छुट दिने व्यवस्था गरिएको बताउनु भयो।

By:

बिहिबार, १५ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!