गणतन्त्र स्थापनाको १२ बर्ष सकिँदा पनि अर्थतन्त्रले मुहार फेर्न सकेन

काठमाडाैं, १५ जेठ । कोभिड १९ बाट मूलुक आक्रान्त रहेका छन् । नेपालका आर्थिक गतिविधिहरु ठप्प रहेको अवस्थामा मलुकको आर्थिक बृद्धिदर समेत २ दशमलव ३ प्रतिशतमा आउने अनुमान समेत गरिएको छ । मूलुकमा राजनीतिक स्थिरता कायम भएको १३ बर्ष लाग्यो तर यस बीचमा जनअपेक्षा अनुसार मुलुकको आर्थिक विकास हुने विश्वास तुहिएको छ । यस्तो अवस्थामा गणतान्त्रिक बजेटले मूलुकको आर्थिक रुपान्तरणमा सघाउ पुग्ने विश्वास लिइएको छ । तर गणतन्त्र स्थापनाको १२ बर्ष सकिँदा पनि मूलुकको अर्थतन्त्रले मुहार भने फेर्न सकेको छैन् ।

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा करीब दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएको छ । नेपाली जनताद्धारा चुनिएको राजनीतिक बहुमतको सरकार छ । तथापि विगतका १३ वर्षमा जनताले संघर्ष गरेर स्थापित गरेको गणतन्त्रमा जनताकै समस्याको सम्बोधन सरकारले गर्न सकेको छैन् ।

सरकारले सार्वेजनिक गरेको आर्थिक बर्ष २०७६ / ७७ को आर्थिक सर्वेक्षणअनुसार फागुणसम्म आर्थिक परिसुचकहरु सन्तोषजनक देखिएको बताएको छ । सर्वेक्षणअनुसार कोभिड १९ कै कारण विश्व अर्थतन्त्र सन् २०२० मा ३ दशमलव शुन्य प्रतिशतमा संकुचन हुने अन्र्तराष्ट्रिय मुद्रा कोषले पनि जनाएको छ । अघिल्ला तीन बर्षमा नेपालको आर्थिक बृद्धिद्धर निरन्तर ७ दशमलव ५ प्रतिशतमा रहेकोमा यो बर्ष २ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

आर्थिक सर्वेक्षणअनुसार कूल गाहस्थ्र्य उत्पादन गत बर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ डलर पुग्ने अनुमान गरेकोछ । २०७४ ÷७५ मा १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबी आर्थिक बर्ष ७६ /७७ मा १६ दशमलव ६७ प्रतिशत रहने अनुमान रहेको छ ।

घाटामा रहेको शोधनान्तर स्थितिमा आर्थिक बर्ष २०७६/ ७७ मा सुधार रहेको छ । पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ लाख ८८ हजार भन्दा बढीले रोजगारी पाएका छन् । अघिल्लो बर्षको तुलनामा धानबालीको क्षेत्रफल २ दशमलव २ प्रतिशतले र उत्पादन १ दशमलव शुन्य ५ प्रतिशतले घटेको आँकडा प्रस्तुत गरेको छ ।

विद्युतको पहुँचमा बृद्धि, सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना, खानेपानी, भूकम्पपछिका पुननिर्माणमा प्रगति, शिक्षा पहुँचमा बृद्धि, बैक तथा बीमा पहुँचमा उल्लेख्य सुधार लगायतका कार्यले गति लिएको छ । यति हुदाँहुदै पनि नेपालमा उद्योग तथा कृषिमा रोजगारीको अवसर प्राप्त नभएका कारण ४५ लाख बढी नेपाली युवा विदेशमा कामको लागि भौतारिन बाध्य भएका छन् ।

प्रमुख राजनीतिक दल र तत्कालीन नेकपा माओवादी तथा जनताले बलिदान दिएर संयुक्त प्रयासबाट भएको जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १२ बर्ष वित्यो । राजतन्त्र हटाएर मुलुकमा जनताको नैसर्गिक अधिकार, जीवनस्तरमा सुधार, शिक्षा, स्वास्थ्य र गुणस्तरयुक्त शिक्षालगायत अन्य आधारभूत आवश्यकताको पूर्ति गर्न जनताले अझै महशुस गर्न सकेका छैनन् ।

By:

बिहिबार, १५ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!