कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक, भारतीय मिडियाप्रति आपत्ति

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जेठ १७ गते बस्ने भएको छ । उक्त बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा छलफल हुनेछ।

 नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै केन्द्रीय समितिको बैठक बोलाईएको जानकारी दिनु भएको हो। प्रवक्ता शर्माले भारतीय मिडिया अनर्गल प्रचार गरेको पनि बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ, ” कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न `सहायक प्रवक्ता´ नियुक्त गरिएको छैन । न भारतीय मिडियालाई `मुखपत्र´को दायित्व दिइएको छ । कांग्रेस प्रवक्तालाई शोध्नोस् कांग्रेसको धारणा कि कुर्नोस् जेठ १७ को केन्द्रीय समिति । “

यसअघि बुधबार प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको बिषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको उल्लेख गर्दै एक विज्ञप्ति पनि निकालेको थियो ।

By:

बिहिबार, १५ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!