पुलमुनीबाट २ नाल भरुवा बन्दुक बरामद

बाँके, १५ जेठ ।  बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं.५४ गुल्म हेड क्वाटरबाट खटेको टोलीले बाँकेको कोहलपुर नगरपालिकाको एक पुलमुनिबाट २ नाल लोड गरिएको भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरीको टोलीले सुराकिको आधारमा कोहलपुर नगरपालिका–८ सितल छाया सामुदायिक वनस्थित सिक्टा नहरको पुलमुनि लुकाएर राखिएको हतियार बरामद गरेको हो ।

बरामद गरिएका हतियार सार्वजनिक गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटरका डिएसपी श्याम कुमार कार्कीले आवश्यक अनुसन्धान गरिने जानकारी दिनुभयो ।

९ जनाको टोलीमा खटेका प्रहरीले २ नाल लोड गरिएको बन्दुक सहित घरेलु बारुद, बन्दुकमा प्रयोग गरिने छर्रा लगाएतका सामान पनि बरामद गरेको छ ।

By:

बिहिबार, १५ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!