विश्वभर ३ लाख ५६ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा मात्रै १ लाख १८ हजार नाघ्यो

एजेन्सी, १५ जेठ । कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ५६ हजार बढीको मृत्यु भएको छ । एकैदिन ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ९३७ पुगेको हो ।

पछिल्लो समयमा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७० हजार ६३१ जनाको मृत्यु भएको छ । १९ लाख ५० हजार ८३ जना संक्रमित भएकोमा ९ लाख ३१ हजार ५६१ जना निको भएर घर फर्किएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १८ हजार ३४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ५२ हजार ६२४ पुगेको छ । त्यसमध्ये ६ लाख १० हजार ३२३ जना निको भएर घर फर्किएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २८ हजार ६८१ जनाको मृत्यु भएको छ । १० लाख २६ हजार १५५ जना संक्रमित भएकोमा ६ लाख ४ हजार १६४ जना निको भएर घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । ७ लाख १९ हजार ६३३ जना संक्रमित भएकोमा २ लाख ८७ हजार ५०१ जना निको भएर घर फर्किएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ७१० जनाको ज्यान गएको छ भने १ लाख २६ हजार ६३८ जना संक्रमित छन् । संक्रमितमध्ये ५२ हजार ६२३ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ७४७ जना संक्रमित भएकोमा ८ हजार १२९ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८०१ जनामध्ये ४ लाख ९० हजार १२६ जना निको भएर घर फर्किएका छन् ।

कोरोना २९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छन् भने कुल संक्रमितमध्ये २४ लाख ९४ हजार ९५२ जना निको भएर घर फर्किएका छन् ।

By:

बिहिबार, १५ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!