शिक्षक तथा विद्यालय कर्मचारीले डिजिटल आन्दोलन शुरु गरे

काठमाडौं, ११ जेठ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन शुरु भएको छ । आगामी वजेटमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन र शिक्षा ऐन जारी गर्न दबाब दिन आन्दोलन शुरु गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले बताउनुभएकाे छ ।

उक्त आन्दोलन लकडाउनको अवधि भएकोले प्रविधिको सहयोग लिएर सामाजिक सञ्जालबाट सङ्घीय सरकारलाई शिक्षकका मामलामा गम्भीर बनाउन डिजिटल आन्दोलन शुरु गरिएको हो ।

नेपालका शिक्षक र विद्यालय कर्मचारी आजको दिनमा पनि न्युन परिश्रममा बाँच्नुपर्ने बाध्यता भएको र यो सरासर अन्याय भएकोले श्रम ऐनले तोकेबमोजिम राज्यले उनीहरुलाई तलबभत्ता र दरबन्दीको सिर्जना गरी स्थायी प्रक्रियामा लग्नुपर्ने लगाएतका विषयमा सरकारले सम्बोधन गर्नुपर्ने उनिहरुको माग रहेको छ ।

त्यस्तै उपचारका लागि अस्पताल स्थापना, शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोष, उच्चस्तरीय दरबन्दी मिलान ,अनुदान, प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी व्यवस्थापन गरी स्थायी गर्ने लगाएतका विषयमा सरकारको आगामी बजेट तथा कार्यक्रममा समावेश गराउन प्रविधिमार्फत सरकारलाई दबाब दिने सङ्गठनले जनाएको छ ।

By:

आइतबार, ११ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!