संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ८ जेठ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

सरकारले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई नयाँ नक्सा अनुसार बनाउनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न लागेको हो ।

संविधानको अनुसूची ३ मा नेपालको नक्सा र निशान छाप सम्बन्धि व्यवस्था छ । अब नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा हुनेछ ।

बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनेबारे छलफल भएको भए पनि कुनै निर्णय भने नभएको जनाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले विस्तृत प्रतिवेदन दिएपछि मात्रै नेपालीलाई स्वदेश फर्काउने बिषयमा निर्णय हुने बताइएको छ ।

By:

शुक्रबार, ०९ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!