उपत्यकामा संक्रमितको संख्या १९ पुग्यो

काठमाडौं, ८ जेठ । कोरोना भाइरसको महामारीले उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ पुगेको हो ।

जसमध्ये काठमाडौंका ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

By:

बिहिबार, ०८ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!