बेल्जियम लिगको उपाधि क्लब ब्रुगलाई

एजेन्सी, ३ जेठ । बेल्जियमको राष्ट्रिय लिग फुटबल उपाधि क्लब ब्रुगले हात पारेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो ।

कोरोना भाइरसका कारण लिग अबरुद्ध हुनुअघि एक चरणको खेल बाँकी रहदा २९ खेलमा ७० अंकसंगै क्लब ब्रुग पहिलो स्थानमा थियो । २९ खेलमा ५५ अंकले दोस्रो स्थानका जेन्ट भन्दा फराकिलो अन्तरको अग्रतासंगै ब्रुगले समग्रमा १७ पटक बेल्जियमको राष्ट्रिय लिग फुटबल उपाधि हात पारेको हो ।

पछिल्ला ५ सिजनमा क्लब ब्रुगले तेस्रो पटक लिग उपाधि जितेको हो । बेल्जियम लिग च्याम्पियन भएसंगै क्लब ब्रग अर्को सिजन सोझै च्याम्पियन्स लिगमा छनोट भएको छ । यसैगरी दोस्रो स्थानमा रहेको जेन्ट भने अर्को सिजन च्याम्पियन्स लिगमा प्रवेश गर्नेछ ।

By:

शनिबार, ०३ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!