भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता

काठमाडौं, १४ वैशाख । प्रहरी हिरासतमा रहेका पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा उपाध्याय विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गराएको हो ।

उपाध्यायलाई ५ वर्ष कैद सजाय माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा प्रहरीले उपाध्यायलाई यहि वैशाखमा १० गते पक्राउ गरेको थियो ।

By:

आइतबार, १४ बैशाख २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!