कोरोनाबारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द, ११ वटा वेबसाइट नेपालभर हेर्न नमिल्ने

काठमाडौँ, १५ चैत । कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ भने ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।

यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।

press

By:

शनिबार, १५ चैत २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!