पर्यटकले भरिभराउ हुने ठमेलक्षेत्र कोरोनाका कारण प्रभावित

काठमाडाैं,२३ असार । बाह्रै महिना विदेशी पर्यटकले भरिभराउ हुने ठमेलक्षेत्र कोरोनाका कारण प्रभावित भएकोछ । गत चैत ११ गतेबाट लकडाउन जारी भएसँगै विशेषगरेर ठमेलको व्यापार व्यावसाय ठप्प भएर व्यवसायीहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।

घरभाडा, विद्युुत महशुल, इन्टरनेटको समेत पैसा तिर्न हम्मे हम्मे भएपछि व्यवसायीहरु सरकारले पर्यटन क्षेत्रका लागि विशेष प्याकेजको घोषणा गर्नुपर्नै बताउदै आएका छन् ।

By:

मङ्गलबार, २३ असार २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!