संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चद्वारा शुभकामना व्यक्त

काठमाडौं, १६ असार । पूर्व सांसद मञ्चले ६२ औं संसद दिवसको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोभिड–१९ को प्रकोपको कारण विशेष कार्यक्रम आयोजना गर्न सम्भव नभएकाले “बाचौ र बचाउँ”भन्दै प्रेस विज्ञप्ति मार्फत शुभकामना दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले मुलुक कोभिड– १९ को विश्वव्यापी महामारी र बाढी पहिरो जस्ता अन्य प्राकृतिक प्रकोप र विभिन्न रोगवाट अक्रान्त भईरहेको छ । भ्रष्टाचार, कालोबजारी, महँगी नियन्त्रण गर्न तथा यस माहामारीको संकटबाट जनता र मुलुकलाई जोगाँउन अबिलम्ब अझै ठोस कदम चाल्नका साथै कोभिड– १९ को प्रकोपले निम्त्याउँने आर्थिक, सामाजिक चुनौतिको परिणामलाई अवसरको रुपमा बदलेर मुलुकलाई सकारात्मकतातर्फ लैजान समेत सरकारसंग पूर्व सांसद मञ्च नेपाल जोडदार माग गर्दछ ।’

कोभिड-१९ को प्रकोपमा परी संकटबाट गुज्री रहनु भएका व्यवसायका मजदुर, उद्योगी व्यापारी, संचारकर्मी,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगायत सम्पूर्णमा पर्न गएको संकटप्रति पूर्व सांसद मञ्च नेपालले दुःख व्यक्त गरेको छ । यस माहामारीको संकटलाई परास्त गर्न उच्च मनोवलका साथ निरन्तर खटिरहन हुने स्वास्थ्य, सुरक्षा, संचारकर्मीहरुको उच्च मुल्यांकन गर्दै पूर्व सांसद मञ्च नेपालले कृतज्ञता प्रकट गरेको छ ।

पूर्व सांसद मञ्चले यस माहामारीमा परी ज्यान गुमाउनुहुनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, बिरामीहरूको सिघ्र स्वास्थलाभको कामना व्यक्त गरेको छ ।

By:

मङ्गलबार, १६ असार २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!