सहुलियत ब्याजदरको कर्जा अझै बढेन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

सहुलियत ब्याजदरको कर्जा अझै बढेन

rastra bank

काठमाडौं, १७ माघ । सहुलियत ब्याजदरको कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाले बेवास्ता गरेपछि नेपाल राष्ट्र बैंकले एक महिना अघि संख्या तोकेर कर्जा बढाउन निर्देशन दिएको थियो । तर सहुलियत ब्याजदरको कर्जा बढेको देखिदैन् । ऋणको परिमाण भन्दा पनि संख्या बढाउने उद्देश्य राखिएकाले कर्जाको आकारमा खासै वृद्धि नदेखिएको हो ।

सरकारले उद्यमशिलता विकास गर्न पूँजीको अभाव हुन नदिन विभिन्न नौ क्षेत्रमा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने नीति लिएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । तर बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जामा चासो नदिएपछि एक महिना अघि नेपाल राष्ट्र बैंकले कृषि तथा पशुपन्छी बाहेकका आठ प्रकारका सहुलियतपूर्ण कर्जामा आगामि असार मसान्त भित्र वाणिज्य बैंकहरुले कम्तीमा ५ सय, विकास बैंकले २ सय र वित्त कम्पनीले १ सय जनालाई कर्जा दिनुपर्ने निर्देशन दिएको छ । तर अझैपनि यस्तो कर्जामा बैंकहरुले चासो दिएको देखिदैन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले गत आसाढ मसान्त भन्दा यता करिब ७ अर्ब रुपैयाँले यस्तो कर्जा बढेको तर त्यो रकम कृषिमा सबैभन्दा बढी भएकाले पछिल्लो समय संख्या नै तोकेर निर्देशन दिएको बताउनुभयो । यसले कृषि तथा पशुपन्छी बाहेकका अन्य ८ क्षेत्रमा पनि कर्जा बढ्ने उहाँले बताउनुभयो ।

राष्ट्र बैंकले संख्या तोकेपनि ऋण प्रवाहमा अझैपनि समस्या रहेको बैंकहरुले बताउँदै आएका छन् । सहुलियत कर्जा अन्तर्गत आधार दरमा २ प्रतिशत मात्र थप गर्न पाउने र त्यसबाहेक अन्य कुनै शुल्क लिन नपाउने व्यवस्थाले पनि बैंकहरुले चासो दिएका छैनन् ।

सहुलियत कर्जामा महिला उद्यमशिलताका लागि ६ प्रतिशत ब्याज अनुदान र अन्य कर्जाका लागि ५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);