एजेन्सी, २ माघ । १६ जना नेपालीसहित २४ जना कामदार बोकेको बस युएईको आबुधाबीमा दुुर्घटना भएको छ । दुर्घटनामा परी बसमा सवार ५ जनाको मृत्यु भएको छ ।
मृतकहरुको पहिचान भने खुलेको छैन । सरसफाई सम्बन्धिको एबिएम कम्पनीमा कार्यरत नेपालीसहित श्रीलंका र अफ्रिकि मुलुकका महिला कामदार दुर्घटनामा परेको युुएईस्थित नेपाली राजदूूतावासले जनाएको छ ।
दुर्घटनाको खबर पाए लगत्तै दूूतावासबाट नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्कीलगायत घाइतेहरुको उपचार भइरहेको अस्पतालमा पुुगेका छन् ।
राजदूूत ढकालले मफरक अस्पतालमा उपचार गराइरहेका नेपालीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । घाइते नेपालीहरुको आबुधाबीको खलिफा सिटीस्थित एनएमसी अस्पताल र अल रहा अस्पतालमा पनि उपचार भइरहेको कम्पनीले जनाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान साढे ५ बजे आबुधाबीको अल रहामा लहरीसँग ठोक्किएर बस दुर्घटनामा परेको हो ।