नोटको दुरुपयोग गरे ३ महिना जेल तथा ५ हजार जरीवाना | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

नोटको दुरुपयोग गरे ३ महिना जेल तथा ५ हजार जरीवाना

naya note

प्रमिला खतिवडा
काठमाडौं, १२ असोज । दशैं तिहारको लागि अहिले बजारमा नयाँ नोटको सटही बढिरहेको छ भने नयाँ नोटप्रति सर्वसाधारणको आकर्षण पनि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले चाडवाडका लागि नयाँ नोट सटहीमा ल्याएसँगै नोटलाई हिफाजतका साथ प्रयोगमा ल्याउन सर्वसाधारणलाई आग्रह गरेको छ । नोट च्यात्ने, फोहोर गर्ने वा दुरुपयोग गरेको पाइएमा ३ महिना जेल सजाय तथा ५ हजार जरिवाना हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बंैकले चाडपर्वलाई लक्षित गरि नयाँ तथा सुकिला नोट सटही सुविधा गरेकोछ । ५, १०,२०, ५०, १०० दरका नयाँ तथा सुकिला नोट बजारमा ल्याएको छ । यस पटक नयाँ नोट नछापे पनि पुरानै छापिएका नयाँ नोट दशैंको लागि झिकिएको छ । दशैंमा नयाँ नोटप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ ।

चाडवाडमा नयाँ नोटको प्रयोग बढी हुने भएकोले राष्ट्र बैकले नोटको सुरक्षा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नोटको आयु कम भएको भन्दै राष्ट बैकले नोटको सुरक्षामा जोड दिएको हो । नोटमा रंग नलगाउन, नकोनर्, नच्यात्न समेत आग्रह गरेकोछ । यति गर्दागर्दै पनि नोट सुरक्षा नभएमा ३ महिना जेल तथा ५ हजार जरीवाना हुने राष्ट्र बैकको भनाई छ ।

यता सर्वसाधारण पनि राष्ट बैकको यो कार्यलाई सकारात्मक दृष्टिले हेरिरहेका छन् । तर कारबाही वा जरीवाना तोक्नु अगाडी सर्वप्रथम जनस्तरमा जनचेतनाको कार्य गर्न सु्झाव दिएका छन् ।

यसअघि सरकारले नोट सुरक्षा गर्नको लागि पूर्वराजा ज्ञानेन्द«द्धारा रु १० को प्लाष्टिकको नोट पनि सार्वैजनिक गरेको थियो । तर लामो समयसम्म चल्न सकेन तसर्थ नोट निष्कासन गर्दा गुणस्तरमा पनि ध्यान दिन सर्वसाधारणले आग्रह गरेका छन् ।

उन्नत देशमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसारनै शतप्रतिसत कटन पेपरमा नोट छापिने भएकाले नेपाली नोटमा गुणस्तरीय भएको राष्ट्र बैकको दाबी छ । नोटको आकार अनुसार नै पैसा राख्ने व्यागमा राखेर नोटको आयुलाई बढाईदिन राष्ट बैकले सर्वैसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैकले यी नोटहरुलाई सुरक्षित राख्न सुरुमा जनचेतना फैलाउने भएको छ । नोटलाई हिफाजत गरी प्रयोग गर्न आग्रह गर्दै नोटको जथाभावी प्रयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);