सरकारले संसदीय मर्यादा उलंघन गरेको सांसद यादवको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

सरकारले संसदीय मर्यादा उलंघन गरेको सांसद यादवको आरोप

rambabu yadav

काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टीका सांसद रामबाबु यादवले सरकारले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा बोल्दै उहाँले दुई तिहाईको बलमा सरकारले विपक्षीमाथि बल मिच्याई गरेको बताउनुभयो ।

यादवले मधेश आन्दोलनको बिषयमा छानबिन गर्न सर्बाेच्च अदालतका पूर्व न्यायाधीस गिरिस चन्द्र लालको नेतृत्वमा गठित आयोगले दिएको प्रतिबेदन सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले प्रतिबेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई निर्देशन दिदा समेत सरकारले त्यसलाई लत्याएको बताउनुभयो ।

त्यसैगरी सत्तारुढ नेकपाका सांसद प्रभु शाहले रौतहट जिल्लामा भएका केही आपराधिक घटनाबारे जानकारी गराउदै शान्ति सुरक्षाको सुव्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसकी सांसद मिना पाण्डेले बिहिवार सर्लाहीमा प्रहरीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला ईञ्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको समाचार बाहिर आएको भन्दै घटनाबारे छानविन गर्न आयोग गठन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभाको शुक्रवारको बिशेष र सुन्य समयमा बोल्ने सांसदहरुले देशको समािमयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);