वीर अस्पतालको इमर्जेन्सी कक्ष अस्तव्यस्त, विरामीहरु भुइमै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

वीर अस्पतालको इमर्जेन्सी कक्ष अस्तव्यस्त, विरामीहरु भुइमै अलपत्र

bir-hospital

प्रमिला भण्डारी

काठमाडौं, ३ असार । कुनै पनि अस्पतालको इमर्जेन्सी कक्ष गम्भीर र संवेदनशील मानिन्छ तर मुलुककै जेठो सरकारी वीर अस्पतालको इमर्जेन्सी कक्ष भने अस्तव्यस्त देखिन्छ । विरामीको संख्या बढि हुने भएकोले संबेदनशील मानिने ईमर्जेन्सी कक्षमा समेत भिडभाड हुने गरेको छ । टाढाटाढाबाट आपतकालिन उपचार गराउन आएका विरामीहरु बेड नै नपाएर भुइमै अलपत्र पर्ने गरेका छन् ।

नेपालको सबै भन्दा पुरानो अर्थात जेठो अस्पतालको रुपमा परिचित वीर अस्पतालको इमर्जेन्सी कक्षमा क्षमता भन्दा बढि विरामी देखिन्छ । सरकारी अस्पतालमा सेवा सुविधा राम्रो हुने र अन्य अस्पतालको तुलनामा खर्च कम लाग्ने भनेर धेरैजसो विरामीको रोजाईमा वीर अस्पताल नै पर्ने गर्दछ । तर अस्पतालको आकस्मिक कक्ष अत्यन्तै कमजोर देखिन्छ । ठाउँको अभाव र दिइने सेवा चित्त बुझ्दो नभएको सेवाग्राहिको गुनासो छ । आकस्मिक कक्षमा हरेक ६ फिटको दुरीमा बेडहरु राख्नु पर्ने मापदण्ड भए पनि नेपालका आकस्मिक कक्षमा त्यो मापदण्ड पुरा हुन सकेको छैन । मापदण्ड नपुगेका त्यस्ता बेड समेत उपलब्ध हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

त्यस्तै चेकअप गर्नको लागी डाक्टर समयमा नआउने तथा अस्पतालमा रहेका मेसिनहरु बिग्रीएकोले चेकअपमा समस्या रहेको अर्का सेवाग्राहीको गुनासो छ । अस्पतालमा हुने विभिन्न किसिमका फोहोरप्रति पनि सेवाग्राहिको गुनासो छ । चर्पी सबैलाई संधै चाहिने अत्यावश्यक ठाउँ हो तर त्यहि चर्पी पनि फोहोर हुनुको साथै चुक्कुल समेत नभएको सेवाग्राहिको गुनासो छ ।

सेवा सर्वसुलभ भएकाले धेरैजसो विरामीको रोजाई सरकारी अस्पताल भएकोले वीर अस्पतालमा भिड हुनु स्वभाविक नै हो । तर सफाइमा समेत ध्यान नदिनु अस्पताल प्रशासनको कमजोरी हो । अस्पतालका अन्य शाखाका बेडहरु पनि खाली नहुँदा बिरामीलाई लामो समय सम्म इमर्जेन्सीमा राखेर उपचार गर्नु पर्ने तथा बेवारिसे बिरामीका कारण पनि ईमर्जेन्सीमा भिड हुने प्रशासनको भनाई छ ।

कुल ३ सय ६० बेड संख्या रहेको वीर अस्पतालमा ३० वटा बेड इमर्जेन्सीमा रहेका छन् । आकस्मिक कक्षमा आउने बिरामीलाई तत्काल उपचार नगरे बिरामीको मृत्यु नै हुन सक्छ । तर इमर्जेन्सी सेवा भनेर लेखिएको कक्षमा समेत बिरामीहरु लाईनमा बस्न बाध्य छन् । अस्पताल जस्तो संवेदनशिल ठाउँको विकासमा सम्बिन्धत निकायले प्रथमिकताका दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);