सिरहामा एड्सबाट २४ को मृत्यु, उपचाररत १६३ जना | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

सिरहामा एड्सबाट २४ को मृत्यु, उपचाररत १६३ जना

hiv/aids

सिरहा, २१ चैत । एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताउनुभयो । यो समाचार आजको गोरखा पत्र दैनिकमा छ ।

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको स्वास्थ्य उहाँले जानकारी दिनुभयो ।

यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउनुहुँदै उहाँले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको जानकारी दिनुभयो । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो । एचआइभी एड्स सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);