सरकारी अनुदानको चामल झन महंगो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

सरकारी अनुदानको चामल झन महंगो

rice

काठमाडौं, ११ माघ । न्युन आय भएका जनतालई राहत दिन सरकारले वितरण गर्ने अनुदानको चामल महंगोमा बिक्रि भएको छ । खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो भएको हो ।

संस्थान स्रोतका अनुसार हुम्लामा संस्थानले तोकेको  र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर छ । सरकारले हुम्लाका लागि प्रतिकिलो ६१ रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो वर्ष तोकेको मूल्य अहिले पनि निरन्तर छ,’ संस्थानका एक अधिकारीले भने, ‘निजी व्यापारीले प्रतिकिलो ४५ रुपैयाँदेखि ५० रुपैयाँमा बिक्री गरेका छन् । जसले गर्दा अनुदानको चामलमा आकर्षण भएन ।’ यो समाचार आजको कान्तिपुरमा लेखेका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);