काठमाडौं, ३ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका विकृति र विसंगतिलाई छिट्टै समाप्त पार्ने बताएका छन् । १८ औं अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।
वैदेशिक रोजगारमा गएका लाखौं युवाहरुको जिन्दगी धरापमा पर्नेगरी वैदेशिक रोजगारीमा अपारदर्शीता देखिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। साथै वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई न्याय दिन सरकार लागि परेको मन्त्री विष्टले आशवासन दिएका छन् ।
मन्त्री विष्टले वैदेशिक रोजगारलाई मर्यादित बनाउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरिएको पनि उल्लेख गरे ।
यस वर्ष श्रमको सम्मान गर्न आह्वान गर्दै अन्तराष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाईदैछ । सन् १९९० डिसेम्बर १८ तारिकमा आप्रवासीहरुको अधिकार संरक्षण सम्बन्धि राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २ हजार देखि यो दिवस मनाउन थालिएको हो । विश्वमा हाल करिव ८० लाख मानिसहरु आप्रवासीका रुपमा रहेका छन ।