काठमाडौं, ३ पुस । मेलम्चीको पानी पिउने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात भएको छ ।
सीएमसी वित्तीय संकटमा परेपछि उसका प्रतिनिधिहरु मेलम्चीको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर सोमबार मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा पुगेका थिए ।
तर, त्यसपघि नै सीएमसीका कामदारहरु भाग्न खोजेको थाहा पायपछि सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ गरेको हो । यसरी सीएमसीले मेलम्चीबाट हात झिकेपछि मेलम्चीको पानी कहिले उपत्यकामा झर्छ भन्नेचाहिँ फेरि अनिश्चित बनेको छ ।