बारा, २६ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आउँदो दुई वर्ष भित्र मुलकलाई पूर्ण साक्षरता घोषणा गर्ने लक्ष्यका साथ सरकार अघि वढेको बताएका छन् ।
बाराको सिमरामा बुधवार संचारकर्मीसंग कुरागर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले फागुन २ भित्रै संघ, प्रदेश र स्थानीय तह सम्मका संघीय शिक्षा नितिका कामहरु सक्ने अभियानका साथ आफु अगाडी वढीरहेको बताए ।
मन्त्री पोखरेलले देशमा अहिले ८२ प्रतिशत साक्षरता रहेको र दुई वर्ष भित्र सबै केटाकेटीलाई स्कुल पठाउने लक्ष्यका साथ सरकार अघि वढेको बताए । उनले देशले मागेको जनशक्ति तयार गर्ने गरी शिक्षा निति ल्याईने उल्लेख गरे ।