बारा, १४ भदाै । पथलैया–बिरगंज ६ लेन सडक निर्माणको काममा ६ महिना ढिलाई हुने भएको छ । सडक विभागले छ लेनको वाटो विस्तारका लागि ३० महिनाको समय सिमा दिएपनि त्यसको अवज्ञा गदै आयोजनाले ढिलो विस्तार गर्न लागेको हो ।
सडक विभागले पथलैया देखि बिरगंजसम्म बाटो निर्माणका लागि ६ भागमा बिभाजन गरेर छुट्ट–छुट्टै कम्पनीलाई जिम्मा दिएको थियो । तर, योजनाले समयमा साईड खाली गराउन नसकेका कारण व्यापारीक मार्ग बिस्तार आयोजना ढिला भएको पथलैयाका ईन्जीनियर शौम्या आनन्दले बताइन ।
सडक विभागले तीन अर्व २७ करोडको लागतमा पथलैया देखी बिरगंज २७ किलो मिटरको सडक निर्माणका लागि प्रति कम्पनीलाई झण्डै ६७ करोड बजेट छुट्याएर थियो । २०७५ पुष २८ गते भित्र सम्पन्न गर्नु पर्ने आयोजना ५ महिना ढिला सम्पन्न हुन लागेको हो ।