सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको संकेत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको संकेत

काठमाडौं, २ साउन । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो ।

सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । लोकतन्त्रको मर्म विपरित, जनमतको दुरुपयोग गर्नेतर्फ सरकार उन्मुख रहेको निष्कर्ष निकाल्दै पार्टीले तत्सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँग बिहीबार भेटगरी छलफल गर्ने निर्णय  गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि गम्भिरताका साथ पहल गर्न  सरकारलाई दवाव दिएको छ । त्यसैगरी बाढि र भूकम्प पीडित जनतालाई उचित राहतको व्यवस्था गर्न पनि बैठकले सरकारसँग माग गरेको नेता यादवले बताए ।

पार्टीले सांसद रेशमलाल चौंधरीलगायतका पार्टीका नेता, कार्यकर्तामाथि लगाइको झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);