'बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था गरिने' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

‘बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था गरिने’

काठमाडौं, १९ असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था गरिने बताएका छन् ।

मन्त्री खनालले भूमिको उचित व्यवस्थापन गर्न सरकारले उच्च स्तरीय संयन्त्र बनाउन लागेको स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मोही समस्या एक वर्ष भित्र समाधान हुनेगरी आवश्यक तयारी गरिएको बताए ।

सरकारले १ लाख २१ हजार मोहीहरु रहेको तथ्यांक तयार पारेको छ । मन्त्री खनालले भदौ मसान्त भित्र मोहीहरुको संख्या एकीन गरेपछि उनीहरुको समस्या समाधान गर्ने कामलाई तीव्रता दिने योजना रहेको स्पष्ट पारे । मन्त्री खनालले कृषियोग्य जमिनलाई खण्डित हुन नदिन सरकारले विशेष कार्यक्रम नै संचालन गर्न लागेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);