अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित

duban

फूलमाया आले,
काठमाडौं, १८ असार । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा बढी पहिरो र डुबानको जोखिम बढेको छ । पहिरोका कारण हरेक दिन राजमार्ग अबरुद्ध हुने गरेको छ । तर, सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले यसवर्ष पनि प्रभावकारी रुपमा पूर्वतयारी भने गरेको देखिँदैन ।

आइतबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढीका कारण तराईका विभन्न क्षेत्र डुबानमा परेका छन् भने पहाडी क्षेत्रमा पहिरो जाने क्रम बढेको छ । प्राकृतिक विपत्तिकै कारण बर्षेनी ठूलो मात्रामा भौतिक तथा मानविय क्षेति हुने गरेको छ । विपत व्यवस्थापन महाशाखाका अनुसार नेपालमा बार्षिक करिब ९ सय जनाको प्राकृतिक विपत्तिकै कारण मृत्यु हुने गरेको ।

विपत्तिमा सावधानी र पूर्वतयारी गर्ने हो भने क्षतिलाई निकै हदसम्म घटाउन सकिन्छ । तर, यस वर्ष पनि सरकारले विपत व्यवस्थापनको लागि प्रभावकारी पूर्व तयारी गरेको देखिदैन । न त विपत व्यवस्थापनको कुनै योजना नै रहेको छ ।

यस वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न विपदजन्य घटना रोकथाम, खोज तथा उद्धार जस्ता विषयमा आवश्यक जनशक्ति तथा सामग्रीसहित तदारुकताका साथ परिचालन हुने भनेर सरकारले बताएपनि विगत वर्षकै जस्तो लथालिंग अवस्था देखिएको छ ।

नागरिकको जीउ धनको सुरक्षा गर्नु सरकारको दायीत्व हो । तर, प्राकृतिक विपत्तिका कारण बर्षेनी ठूलो मात्रामा क्षति हुँदासमेत त्यसको न्यूनिकरणका लागि पूर्वतयारी समेत नगर्नु सरकरको लाचारीपन हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);