'प्रधानमन्त्रीको चीन भ्रमण विगतका सहमति कार्यान्वयनमा केन्द्रित' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

‘प्रधानमन्त्रीको चीन भ्रमण विगतका सहमति कार्यान्वयनमा केन्द्रित’

काठमाडौं, २२ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् परराष्ट्रवीद् डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयनमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

नेता भट्टराईले ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको रेल संजाल विस्तार लगायतका १० बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण केन्द्रित हुने विश्वास व्यक्त गरे ।

ओली नेतृत्वको अघिल्लो सरकारले पारवहन तथा यातायात सन्धि, उत्तर–दक्षिण राजमार्ग निर्माण, क्रस बोर्डर ट्रान्समिसन लाईन निर्माण, आर्थिक लगानी वृद्धि लगायतको सहमति चीन सरकारसँग गरेको थियो ।

सोही सहमतिलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीको चीन भ्रमणले प्राथमिकता पाउनुपर्ने नेता भट्टराईको जोड छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले मुलुकलाई समृद्ध बनाउने लक्ष्य प्राप्तीका लागि पनि प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालमा लगानी बढाउन केन्द्रित हुनुपर्ने बताए ।

नेपाल–भारत प्रवुद्ध समूह (इपीजी)का सदस्य समेत रहेका भट्टराईले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ आयाम दिने गरी आफूहरुले सरकारलाई सुझाव बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);